जयप्रदाका हराइरहेका श्रीमान् टिकटककाे कारण फेलापरेपछी…

 

असार १९, भारत । पछिल्लो केही समयदेखि भारतमा टिकटक एक पछि अर्को गर्दै विवादमा परिरहेका छ । विवादबीच अप्रिलमा केही समयको लागि यो एप प्रतिबन्धित पनि भयो । 

अहिले आएर सो एप भारतमा पुनः चर्चामा छ । यस पटक भने यो विवादका कारण नभएर प्रशंसाको हिसाबमा चर्चामा छ । समाचार अनुसार पछिल्लो समय टिकटकले प्रहरीलाई एउटा मुद्दा सल्टाउन सघाएको छ । सन् २०१६ मा भारतको दक्षिणी राज्य निवासी जयप्रदाले प्रहरीकहाँ उनको श्रीमान हराएको सूचना दर्ता गराएकी थिइन् । 

null

प्रहरीले तीन वर्षसम्म सुरेश नाम गरेका उनका श्रीमान कहाँ छन् भन्नेबारेमा कुनै संकेत फेला पार्न सकेन । घटनामा उलेख्य प्रगति नभएपछि प्रहरीले पनि त्यति चासो दिन छाडेको यो घटनामा टिकटकको एउटा भिडियाले एक्कासी यू–टर्न आयो । 

टिकटक भिडियो हेर्ने क्रममा जयप्रदाको एक जना नातेदारले एउटा यस्तो भिडियो हेर्न पुगे जसमा नाचिरहेका पुरुष सुरेशजस्तै देखिन्थे । शंकाकै आधारमा ती नातेदारले भिडियो जयाप्रदालाई देखाए ।  

भिडियो हेरेपछि त्यसमा देखिएको पुरुष आफ्नै श्रीमान भएको जयाप्रदाले पुष्टि गरिन् । तलिलनाडूको कृष्णगिरी निवासी सुरेशको सोही राज्यको भिलुपुरम निवासी जयाप्रदासँग विवाह भएको थियो । 

तर सन् २०१६ मा घरबाट निस्किएका सुरेश नफर्किए पछि घरका मानिस चिन्तित थिए । टिकटक भिडियोमा देखिनु अघि उनी जिउदैं छन् कि मरिसके भन्ने पनि अन्यौलको अवस्था थियो । 

समाचार अनुसार सुरेश परिवार कायम झैझगडाको अवस्थाका कारण विरक्तिएर घर छाडेर हिडेका थिए । घर छाडेपछिका तीन वर्ष उनी नजिकैको होसुरमा लुकेर बसेका थिए । 

रिपोर्ट अनुसार होसुरमा बस्दा उनले एक जना तेस्रो लिङी महिलासँग सम्बन्ध पनि रहेको थियो । प्रहरीले सुरेशलाई फेला पारेपछि जयाप्रदा र सुरेशलाई सँगसँगै राखेर सम्झाई बुझाई घर फर्काएको छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *