ट्रम्पसँग भेटघाटको कार्यक्रममा इमरानको विरोध

 

साउन ६, पाकिस्तान ।   पाकिस्तानका प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणमा छन् । सोमबार उनको राष्ट्रपति ट्रम्पसँग भेटघाटको कार्यक्रम छ । 

यसअघि आइतबार इमरानले पाकिस्तानी मूलका व्यक्तिहरुलाई एक इन्डोर स्टेडियममा सम्बोधन गरे । यसमा बलोच कार्यकर्ताले बलूचिस्तानको स्वतन्त्रताको नारा लगाए । नारा लगाउनेहरुलाई सुरक्षाबलले बाहिर निकालिदिए । यस्तै, भाषणमा जेलमा बन्द पूर्व प्रधानमन्त्री नवाज शरिफलाई कुनै प्रकारको सुविधा नदिने उनले बताएका छन् । नवाज शरिफ अपराधीको रुपमा बस्नुपर्ने उनले धारणा राखे । 

null

अमेरिकामा थुप्रै बलोच कार्यकर्ता बसोबास गरिरहेका छन् । उनीहरु पाक आर्मीद्वारा गरिएको अत्याचारको मुद्दा उठाउने गर्छन् । पछिल्लो दुई दिनदेखि बलोच कार्यकर्ताले इमरान खानसँगको भेटमा गायब भइरहेको बलूचिस्तानका मानिसहरुको मुद्दा उठाउन ट्रम्पलाई आग्रह गरिरहेका छन् । 

‘घरको खाना चाहन्छन् नवाज’ 

नवाजलाई जेलमा घरको खाना र एयर कन्डिसन कोठामा राखिएको दाबी गरिएको छ । यसमा इमरान खानले भने, ‘नवाज जेलमा घरको खाना चाहन्छन् । उनी एयर कन्डिशनमा बस्न चाहन्छन् । तर हाम्रो मुलुकका आधा जनसंख्यासँग टिभी वा एयर कन्डिसनजस्ता सुविधा छैन । यदि यी सबै उनलाई उपलब्ध गराइयो भने यो कस्तो सजायँ भयो ?’ 

‘पाकिस्तान फर्किएर म यो कुराको विरोध गर्नेछु । उनलाई यस्ता कुनै पनि सुविधा उपलब्ध नगराउन भन्नेछु । मलाई थाहा छ कि पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) की नेता र नवाजकी छोरी मरियमले यसको विरुद्धमा आवाज उठाउनेछन् । म उनलाई यही भन्न चाहन्छु कि देशबाट लुटेको पैसा फिर्ता गर । मात्र यही एउटा तरिका छ ।’ एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *