सिरिया जाँदै गरेको इरानी जहाज ब्रिटेनद्वारा कब्जा

  

 

असार २१,  ब्रिटेन। जुलाइ ४ मा जिब्राल्टरमा ब्रिटेनको रोयल मरिन्स(नौसेना) ले ‘ग्रेस वन’ नाम गरेको इरानी ‘सुपर ट्यांकर’ कब्जामा लिएपछि ब्रिटेन र इरानबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । 

null

ब्रिटेनको नौसेनाले ट्याकंरमा रहेको तेल सिरिया लगिँदै गरेको आशंका कब्जामा लिएको हो । सिरियासँग व्यापार गर्न युरोपेली प्रतिबन्ध रहँदै आएको अवस्थामा उसलाई ढुवानी गर्न लागेको तेल कब्जामा लिइएको ब्रिटेनको विदेश मन्त्रालयले बताएको छ । 

उता आफ्नो तेल ट्यांकर कब्जामा लिएको घटनाबाट इरान क्रुद्ध बनेको छ । यस घटना लगतै इरानको सरकारले तेहरानस्थित ब्रिटिश राजदूतलाई बोलाएर असन्तुष्टि व्यक्त गरेको थियो । 

यस घटनको इरानका कयैन तप्का व्यापक विरोध भइरहेको छ । राजनीतिज्ञदेखि विभिन्न उच्च पदस्थ अधिकारीले ब्रिटेनमाथि जवाफि कारबाही गरिनुपर्ने माग गरिरहेका छन् । 

इरानको संसदका सचिव मोहसिन रजाइले जुलाई चारमा कब्जा गरिएको सुपर ट्याकंर लण्डनले नछाडेमा तेहरानले पनि ब्रिटेनको एउटा तेल ट्यांकर कब्जामा लिनुपर्ने बताए । 

जलाई पाँचमा ट्वीट गर्दै मोहसिन रजाइले भनेका छन् ,‘इरानले कहिले द्वन्द सुरु गरेको छैन तर उसमाथि अभद्र व्यवहार गरिन्छ भने उसलाई त्यसको गतिलो जवाफ दिन आउँछ । ’ 

इरानको रिभोल्यूशनरी गार्डका पूर्व कमाण्डरले पनि ब्रिटेनले इरानको तेल ट्याकंर नछाडेको अवस्थामा ब्रिटेनको तेल जहाज कब्जामा लिनु इरानी अधिकारी जिम्मेबारी हुन आउने बताएको छ । 

इरानको विदेश मन्त्रालयका प्रवक्ताले यस कदमलाई ‘समुन्द्री डाकूले गर्नेजस्तो व्यवहार’ भनेका छन् । विहीबार विहान जिब्राल्टरको बन्दरगाहमा ब्रिटेनका रोयल मरिन्सको सहयोबाट इरानी तेल ट्याकंर कब्जामा लिइएको थियो । 

अन्तराष्ट्रिय मिडियाका अनुसार जिब्राल्टर सरकारको निवेदनमा ब्रिटेनबाट ३० सदस्यीय मरिन्सको एउटा समूह उक्त क्षेत्रमा गएको थियो । रक्षा सूत्रका अनुसार जहाजलाई शान्तीपूर्ण ढंगमा नियन्त्रणमा लिइएकाले कुनै ठूलो घटना हुन पाएन । 

युरोपेली संघको कुन प्रतिबन्ध उलंघनअमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको इरानी तेल ट्यांकर कब्जालाई ‘ठूलो’ घटना बताएका छन् । उनका अनुसार सिरियासँगको तेल व्यापार युरोपेली युनियनको प्रतिबन्धको उलघंन हो । 

जिब्राल्टरका अधिकारीले तेल सिरियाकै लागि जादैं गरेको आशंका गर्नुको कारण रहेको बताएका छन् । तिनका अनुसार यो जहाज सिरिया राजधानी दमास्कसस्थित दारटस बन्दरगाहमा रहेको प्रशोधन केन्द्रको लागि कच्चा तेल लिएर हिँडिरहेको थियो । 

दारटस बन्दरगाहको तेल प्रशोधन केन्द्र सिरिया सरकारको पेट्रोलियम विभाग अन्तर्गत पर्छ । युरोपेली संघको भनाईमा यस प्रशोधन केन्द्रको आय सिरिया सरकारले उपभोग गरिरहेको छ । यस प्रशोधन केन्द्रलाई सन् २०१४ मा युरोपेली संघले प्रतिबन्धको लगाइरहेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *