‘सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा, भारतलाई सरापेर हुँदैन’

 

असार २८, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक एवम् प्रतिनिधिसभा सदस्य अनिल झाले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाएका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष मण्डलका संयोजक झाले भने, ‘हामीले गर्नुपर्ने काम चाहीँ हामी गर्दैनौँ । अनि अरुले बाँध बाँध्यो भनेर हुँदैन । अर्काको बाँध किन हेर्नुपर्यो । मैँले धेरैपटक संसदमा नै बाँध बाँध्नको लागि अनुरोध गरेको छु । भारतले आफ्नो नागरिकको सुरक्षा गर्न बाँध बनाएको हो । हामीले पनि हाम्रो बाँध बाँध्नुपर्छ । भारतलाई सरापेर हुँदैन ।’ 

null

उनले लगातारको वर्षाका कारण बाढी, पहिरो पीडित बनेकालाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले भने, ‘पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउनुपर्छ । बेपत्ता भएकाहरुको शिघ्र खोजी कार्य सुरु गर्नुपर्छ । र, घाईतेहरुलाई पनि उपचार गराउनुपर्छ ।’ 

सरकारको विपद् व्यवस्थापन समितिको बैठक बसिरहेको भन्ने सुन्नमा आएपनि अहिलेसम्म राहतको घोषणा नभएकोले तत्काल बैठकका निर्णयहरु सार्वजजिनक गर्नपनि उनले सरकारलाई आग्रह गरे । 

नेता झाले सिंगो रौतहट डुवानमा परेको सुनाउँदै बाढी पीडितलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे । ‘इतिहासमा यो भन्दा ठूलो बाढी कहिल्यै आएको थिएन । यो वर्ष ठूलो बाढी आयो । ठूलो क्षति भएको छ’, उनले भने । 

बाढी, पहिरो पीडितहरुलाई उद्धारा तथा राहतको लागि राजनीतिक दलहरुले आफ्ना नेता तथा कार्यकर्ताहरु परिचालित गरिरहेको सुनाउँदै राजपा नेपालले पनि ठूलो संख्यामा कार्यकर्ताहरु परिचालित गरिरहेको उनको दाबी छ । 

उनले पार्टीले आफ्नो हैसियतअनुसार पीडितहरुलाई सहयोग गर्ने घोषणा पनि गरे । उनले भने, ‘म काठमाडौंमा छु, म यहीँ बसेर पनि मैँले गर्नुपर्ने आफ्नो दायित्व पूरा गरेको छु । सरकारसँग निरन्तर सम्पर्कमा छु । भारतीय राजदुतसँगपनि कुरा गरिरहेको छु । प्रधानमन्त्रीजीसँग कुरा हुन पाएको छैन । तर, आजमात्रै पनि गृहमन्त्रीलाई फोन गरेर विशेष ध्यानाकार्षण गराएको छु ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *