दाइजो माग्ने ज्वाईँलाई रुखमा बाँधेर रामधुलाई

 

असार १८, भारत । भारतमा दाईजो माग्न आएका एक ज्वाईँलाई ससुराली पक्ष र गाउँले मिलेर रुखमा बाँधेर कुटपिट गरेका छन् । 

भारतको बिहारस्थ्ति मुजफ्फरपुर सुमेरा गाउँमा दाइजो मागेर सताएको भन्दै ससुराली पक्ष र गाउँले मिलेर रुखमा बाँधी सुमेराका अवधेश कुमारलाई कुटपिट गरिएको हो । 

null

सुसुरालीपक्षले दाइजोको कारण सधैँ छोरीलाई कुटपिट गरि चरम यातना दिएको   ज्वाईँ अवधेश कुमारमाथी आरोप लगाएका छन् । 

यो भन्दा अगाडी पनी यसकुरामा थुप्रै पटक गाउँ पञ्चायतमा कुरा उठे पनि ज्वाईँको बानी नसुध्रेको कारण गाउँलेको सहयोगमा ज्वाईलाई कुटपिट गरेको ससूराको भनाई छ । 

 यस घटनाबारे प्रहरीले दुवैपक्षको बयान लिएर कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *