वर्षा रोक्न भ्यागुताको डिभोर्सः समाजिक संजालभरी डिभोर्सको कागजात भाइरल

 

असार ३०, मोरङ । अत्याधिक वर्षाको कारण बाढी, पहिरो गई धेरै धनजनको क्षति भएपछी मोरङमा वर्षा रोक्न भ्यागुताको सम्बन्ध बिच्छेद गरिएको छ । 

असार २१ गते गरिएको उक्त भ्यागुतोको विवाह अत्याधि वर्षाको कारण देशमा धेरै धनजनको क्षती हुनुको साथै देश नै जोखिम अवस्थामा पुगेपछी असार ३० अर्थात आज सोमाबार डिभोर्स गरिएको हो । 

null

मोरङ बुढीनन्दा गाँउपालिका–२ का प्रकाश बानियाँले भ्यागुताको सम्बन्ध विच्छेद गराएका हुन् । वर्षात र डुवानको समस्या कम हुने भन्दै उनले लिखित रुपमै भ्यागुताको सम्बन्ध विच्छेद गराएका छन् । 

हाल उक्त भ्यागुतको सम्बन्ध विच्छेद गरिएको कागजजात सामाजिक संजालभरी निकै भाईरल बनिरहेको छ । 

हाल सम्म यस अविल बर्षाका कारण बाढी पहिरोमा पनि देशभरमा परी ६७ जनाको मृत्यु, ३० जना बेपत्ता र ४३ जना घाईते भएका छन् । आज देखी मौसममा भने केही सुधार देखिएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *