आँपको शौखिन हुनुहुन्छ ? अब सावधान हुनुस् !
असार १९, काठमाडौं । अहिले आँपको सिजन चलिरहेको छ । बजार पनि आँपमय छ । स्वादिष्ट आँपको कयौँ अलग–अलग प्रजाति बजारमा उपलब्ध छन् ।
उसो त आँप शरीरका लागि फाइदाजनक मानिन्छ । तर यसलाई खाने गलत तरिकाले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ ।
null
आँप खानुअघि र पछि केही चीज खाँदा तपाईँ बिरामी पर्न सक्नुहुन्छ । आँपसँग केही खाँदा पेटसँग सम्बन्धित समस्या हुनसक्छ ।
आँप यसकारण स्वास्थ्यका लागि हानिकारक हुन सक्छः
करेलाः अक्सर मानिसहरु रातको खानापछि आँप खान मन पराउँछन् । तर करेला खाएपछि आँप खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । आँप र करेलाले एकसाथ रियाक्सन दिन्छ, जसले तपाईंको शरीरमा विष फैलन थाल्छ र तपाईंलाई उल्टि पनि हुन सक्छ । यसले तपाईंलाई बिरामी पनि बनाउन सक्छ, जसबाट तपाईंलाई श्वास लिन अप्ठेरो हुन सक्छ ।
हरियो खुर्सानीः हरियो खुर्सानी हालेर आँप खानु पनि स्वास्थ्यका लागि हानिकारक छ । आँप खाएको करिब ४ घण्टासम्म हरियो खुर्सानी नखानुहोस् । यदी तपाईं आँप खाएको थोरै समयपछि हरियो खुर्सानी खानुहुन्छ, तब पेटमा गलत रियाक्सन हुन्छ । यसले पेटमा जलन हुन थाल्छ । यसले अन्य बिमारी पनि फैलिन सक्छ ।
दहीः आँप खाएपछि भुलेर पनि दही नखानुहोस् । यसले पनि पेटमा समस्या निम्त्याउन सक्छ । दहीबाट बनेको चीज पनि आँपसँगै खानु हुँदैन । -एजेन्सी