‘ल नानी म ५५ वर्षको बूढो, छोरी होस् तँ’ भनेको भए पनि हुन्थ्यो नि !

काठमाडौं, ३ साउन । निर्माता छबि ओझा र अभिनेत्री शिल्पा पोखरेल बीचको विवाद उत्कर्षमा छ । उनीहरुले तीन वर्ष अगाडि विवाह गरेका थिए। अहिले शिल्पाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी छन् । आजको नयाँ पत्रिकामा प्रकाशित शिल्पाको अन्तर्वार्ताको सारसंक्षेपः 

 

अहिले सामाजिक सञ्जालमा तपाईहरुको चर्चा छ नि ?   

null

मैले घरेलु हिंसाविरुद्ध बोलेँ । तर, उहाँ (छबि ओझा) ‘चोरको खुट्टा काट्’ भन्दा खुट्टा तानेजस्तो गरी बाेलेर हिँडिरहनु भएको छ । 

छबिजीले त तपाई उहाँसँग जानुभयो भने न्याय पाउनुहुन्छ भन्नुभएको छ । जानुहुन्छ ? 

जाने भन्ने कुरै हुँदैन । अहिले घटना बाहिर आएपछि उहाँ ५५ वर्षको बूढो भएँ भनेर हिँडिरहनु भएको छ । ५५ वर्षको बूढोले लभ गर्ने बेला ‘ल नानी म ५५ वर्षको बूढो, छोरी होस् तँ’ भनेको भए पनि हुन्थ्यो नि । अहिले आएर सहानुभूतिका लागि किन बुढो भन्नु ? त्यतिबेला चाहिँ २०–२५ वर्षको जस्तो व्यवहार किन गर्नु ? 

तपाई सम्पत्तिको लोभले छुट्टिन खोज्नुभएको आरोप छ नि ? 

कसैले सम्पत्तिको लोभ भनिरहेका छन् । ६ महिना अघि मात्र विवाह दर्ता गरेको पनि भनिरहेका छन् । सायद उहाँहरुलाई थाहा थिएन कि अग्नी साक्षी राखेर बिहे गरेको मितिबाटै म उहाँकी पत्नी भइसकेकी थिएँ । बिहे दर्ता गरे पनि नगरे पनि परम्परागत बिहे त गरेको हो नि । त्यही मितिलाई कानुनले मान्यता दिन्छ । तर, जहाँ मायाँ छैन, त्यहाँ सम्पत्तिले केही गर्दैन । उहाँलाई मैले लात्तीले घचेटेर नहिँडेको भए अहिले म बोलिरहेको पनि हुन्नथेँ होला । शिल्पाले आत्महत्या गरिन् भनेर समाचार आउँथ्यो होला । 

तपाईंले फिल्मकर्मीहरुबाट कस्तो सहयोग पाइरहनुभएको छ ? 

कोही पनि कसैको पक्षमा बोल्नुभएको छैन । केही समय अघि स्यासेन श्रेष्ठको कुरा उठ्दा कोही कसैले बोलेनन् । हामी पनि बोल्न डरायौँ । उहाँलाई परेको बेला कसैले साथ दिएन । मलाई पनि दिएनन् । साथ दिएनन् भनेर चुप लागेर भने बस्दिनँ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *