सत्तापक्ष र प्रतिपक्ष नभनौँ, विपदमा एकजुट बनौँः मिनेन्द्र रिजाल

 

साउन ८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले बाढीपहिरो पीडित जनाको उद्धार गर्नुपर्नेमा जोड दिएका छन् । 

बुधबारको प्रतिनिधि सभाको बैठकको सार्वजनिक महत्वका विषयमाथिको छलफलमा बोल्दै सांसद रिजालले हेलिकप्टरमा घुमेर फर्किनुभन्दा सहयोग तथा उद्धार गर्नुपर्नेमा जोड दिएका हुन् । 

null

विपद्को समयमा प्रतिपक्ष र सत्तापक्ष एकजुट भएर सहयोग गर्न पनि उनले सबैलाई आह्वान गरे । 

‘सरकार हेलिकप्टरमा उडेर जनताको विपत्ति हेरेर फर्कने नहोस्, जनताको घरमा पुगेर उद्धार गर्न सक्ने बनोस् । विपत्ति आइराख्ने भएकाले सरकार विपत्ति सकिएपछि पुग्ने होइन । विपत्तिको जोखिम न्यूनिकरणका लागि सरकारले काम गर्ने हो ।’ 

असारे विकासमा बजेट खर्च नगरी योजनाबद्ध रुपमा काम गर्न उनले सरकारसँग आग्रह गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *