लागुऔषधसहित २ जना पक्राउ

  

असार ३०, काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

चन्द्रागिरी नगरपालिकाको फरक फरक स्थानबाट विशेष सुचनाको आधारमा वृत्तले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो । 

null

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले चन्द्रागिरी नगरपालिकाका वडा नं ६ हाईभिजन स्थित सडक खण्डबाट जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका ७ थानकोट घर भएका २३ वर्षीय विवेक रिजाललाई लागुऔषध नाईट्राभेट सहित पक्राउ गरिएको बताए । 

उनको साथबाट लागु औषध १६५ ट्यावलेट नाईट्राभेट फेला परेको छ । 

यस्तै चन्द्रागिरी न.पा वडा नं १४ ढुंगेअड्डा स्थित सडकखण्डमा जिल्ला कैलाली धनगढी उमनपा वडा नं १९ घर भएका २७ वर्षीय विजय भट्टराईलाई लागुऔषध १७५ ट्यावलेट नाईट्राभेट फेला परेको बताए । 

रिजाल र भट्टराईलाईलाई पक्राउ गरि लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा चलाइएको थानकोट प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *