बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा
साउन ८, बेलायत । बेलायती प्रधानमन्त्रीको पदीय जिम्मेवारीबाट मुक्त हुन लाग्नु भएकी थेरेसा मेले बुधबार औपचारिक रूपमा पदबाट राजीनामा दिएकी छिन् ।
उनले आफ्नो राजीनामा पत्र बेलायती महारानी एलिजावेथ द्वितीयलाई बुझाएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । उनको राजीनामा स्वीकृतिसँगै महारानीले प्रधानमन्त्रीका रूपमा बोरिस जोनसनलाई नियुक्त गर्नुहुने भएको छ ।
null
जोनसन कन्जरभेटिभ पार्टीका नेतामा निर्वाचित भएकाले उनीनै प्रधानमन्त्री बन्ने भएका हु्न् । बेलायतमा सामान्यतया आम निर्वाचनमा विजयी पार्टीको नेता नै प्रधानमन्त्री हुने चलन छ ।
त्यसपछि मन्त्रीहरू प्रधानमन्त्रीबाट नै नियुक्त हुनेछन् । मन्त्री बनाउँदा वरिष्ठतालाई ध्यान दिने गरिएको छ । उनीहरूलाई फेरबदल गर्ने विषेशाधिकार प्रधानमन्त्रीमा छ ।
ब्रेक्जिट समस्या समाधान गर्न नसकेपछि मेले सत्ता छाड्नु परेको हो भने उनका उत्तराधिकारी जोनसनलाई पनि यस समस्या समाधान गर्न निकै कठिन हुने देखिएको छ । एजेन्सी