युएइकी रानी दुई बच्चासहित ३ सय करोड लिएर बेपत्ता

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएइ) की रानी ह्या बिन्त अल हुसैन दुइ बच्चासहित ३१ मिलियन पाउन्ड (करिब ३ सय करोड) रुपैयाँ लिएर बेपत्ता भएकी छिन् । उनी दुबईका अर्बपति शासक शेख मुहम्मद बिन राशिद अल मकतुमकी छैठौं पत्नी हुन् । उनी जोर्डनका राजा अब्दुल्लाहकी सौतनी बहिनी समेत हुन् । शेख मुहम्मद युएइका उपराष्टपति र प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका छन् । उनी दुनियाँका धनी शासकहरुमध्ये एक मानिन्छन् । 

 

अन्तराष्टिय सञ्चारमाध्यामहरुका अनुसार बेपत्ता रानी बेलायतको राजधानी लण्डनमा हुन सक्ने अड्कल गरिएपनि पछिल्ला दिन उनी दुबईबाट सिधै जर्मन गएको अनुमान गरिएको छ । उनका साथमा ११ वर्षीया छोरी जलिला र ७ वर्षीय छोरा जायद रहेका छन् । जर्मनीमा उनले सरकारसँग राजनीतिक शरण मागेको समेत बताइएको छ । ब्रिटेनको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी उनी मे २० देखि सामाजिक सञ्जालहरुमा समेत देखिएकी थिइनन् । अरब मिडियाहरुको अपुष्ट समाचार अनुसार ह्यालाई दुबईबाट निकाला गरिएको हो । 

null

दुबईबाट उनलाई निकाल्न जर्मनीका एक कुटनीतिज्ञको समेत हात रहको बताइएको छ । यसले गर्दा दुबई र जर्मनबीबीचको कुटनीतिक सम्बन्धमा समेत दरार पैदा हुने खतरा देखिएको छ । यसअघि शेखको छोरी राजकुमारी लतिफाले पनि देश छोडेर भाग्ने कोशिस गरेकी थिइन् । उनलाई भारतको गोवाबाट उद्धार गरेर संयुक्त अरब इमिरेट्सको शाही परिवारलाई बुझाइएको थियो । उनले आफ्नो पिताको अन्याय र अत्याचार खप्न नसकेर भाग्नुपरेको बयान दिएकी थिइन् । त्यसको केही समयपछि रानीले समेत देश त्याग्नुलाई अर्थपूर्णरुपमा लिइएको छ । रानीको खोजीमा लाग्न युएई रोयल फ्यामेलीले सम्बन्धित निकायहरुलाई निर्देशन दिएको समेत जनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *