मधेस खुला जेल, सबै बन्दी: महन्थ ठाकुर

 

असार २५, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद महन्थ ठाकुरले सरकारले मधेसमाथि आर्थिक नाकाबन्दी गरेको आरोप लगाएका छन् । 

प्रतिनिधिसभाको विहिबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसद ठाकुरले सरकार मधेसी जनताको अधिकार कटौतिको प्रयासमा लागेको बताउँदै मधेसमाथि आर्थिक नाकाबन्दी लगाएको आरोप लगाएका हुन् । 

null

संसदमा उनले भने, ‘केन्द्र सरकारले मधेसमाथि आर्थिक नाकाबन्दी लगाएको छ । बजेट, राज्यका निकायमा प्रतिनिधित्व लगायत सबैमा मधेस उपेक्षित बन्दै गएको छ । उसको बजेट किन कम ? जनसंख्याको आधारमा उसको किन प्रतिनिधित्व छैन । यो नाकाबन्दी होइन मधेसको ? मधेस खुला जेल छ । सबै बन्दी छ ।’ 

संविधानले राज्य र विभिन्न समुदायबीच विभाजन सिर्जना गरेको उनको भनाइ छ । 

मधेसलाई अहिले पनि विभेद कायमै रहेको भन्दै उनले विभेद कायम रहेसम्म आफुहरुको विरोध जारी रहने स्पष्ट पारे । ‘मधेसमा विभेद कायमै छ । अहिले पनि मधेस संसकित छ । आतंक छ । भय छ । दर्जनौं व्यक्ति मधेस आन्दोलनका कारण जेलमा छन्’, उनले भने । 

सांसद ठाकुरले सरकारको सुरक्षा निकायबाट गोली लागेर मृत्यु भएका मानिसहरुलाई शहीद घोषणा गरिएको स्मरण गर्दै पक्राउ परेका मानिसहरु कसरी किन दोषी भए ? भन्ने प्रश्न गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *