नेता गगन थापाः दरबारियादेखि अमेरिकी एजेन्टसम्म !

 

असार २६, काठमाडौं । नेपालमा मात्र नभई विदेशमा समेत लोकप्रिय युवा नेताको रुपमा गगन थापाले आफ्नो छबी बनाएका छन् । उनै थापा यतिखेर अमेरिकी एजेन्ट भनेर सामाजिक सञ्जालमा बद्नाम बनेका छन् । 

पोखरा महाधिवेशनमा नेपाल विद्यार्थी संघको अध्यक्ष बन्ने चाहना राख्दा पार्टीका तत्कालीन सभापति स्व। गिरिजाप्रसाद कोइरालाले उनलाई ‘दरबारीया’को बिल्ला भिराइदिएका थिए । पोखरा महाधिवेशनमा त्यतिखेर गगनको पक्षमा जनमत बढेपछि कोइरालाले भनेका थिए ‘गगन थापा र नरहरी आचार्य दरबारिया हुन् ।’ 

null

तर, कोइरालाको त्यो आरोपलाई धेरैले प्रतिशोधका रुपमा लिएका थिए । कांग्रेस संवैधानिक राजतन्त्रका पक्षमा उभिइरहँदा गणतन्त्रका पक्षमा अभियान चलाउने आचार्यका साथमा थापा नै थिए । 

उनी धेरै चर्चित बनेपछि बेला बखत कहिले भारतीय दूताबासको एजेन्ट त कहिले युरोपियन यूनियनको पैसामा चल्ने नेता भनेर आरोप पनि लाग्ने गरेको छ । तर, त्यस्ता आरोपको अहिलेसम्म पुष्टि हुन सकेको भने छैन । 

गगनमाथि कृषिदेखि बाख्रा पालन उद्योग खोल्नका लागि करोडौं रुपैयाँ अनुदान लिएर काम नै नगरेको आरोप पनि लाग्दै आएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको भिसि बनाउँदा करोडौं लिएको काण्ड, त्रिचन्द्र कलेजको बेरुजुदेखि घैंटे इन्काउन्टरमा मानव अधिकार आयोगलाई उचालेको प्रकरणमा भने उनी विवाद मुक्त हुन सकेनन् । 

त्यसो त सस्तो लोकप्रियका लागि जे पनि बोल्न पछि नपर्ने नेताका रुपमा पनि चिनिन्छन उनी । स्वास्थ्यमन्त्री छँदा उनको तर्क थियो– ‘लाखौं नेपाली सिटामोल नपाएर जीवन गुमाउने अवस्थामा अझै बाँचेका छन् । नेताहरू विदेशमा करोडौं खर्चेर केही वर्ष बाँच्न राज्यकोषको दुरूपयोग गरिरहेका छन् ।’ 

तर, उनै गगनले आफ्नो बोली विपरित अर्वपति नेतृ एवम् स्व. गिरिजापुत्री सुजाता कोइरालालाई क्यान्सर उपचारका लागि ५० लाख दिने निर्णय क्याबिनेटमार्फत गराएका थिए । तर, त्यसको चौतर्फी आलोचना भएपछि थापा आफैंले उक्त निर्णयको विरोध गरेको गरेको भनेर पन्छिएका थिए । 

अहिले गगन थापालाई अमेरिकी एजेण्ट भनेर तथ्य नै सार्वजनिक गरि सामाजिक सञ्जाल र केही अनलाइनहरुमा छरपष्ट पारिएको छ । अमेरिकी राजदूताबासको एउटा पुरानो प्रतिवेदनले थापालाई विवादमा तानेको हो । सन् २००८ मा ‘Nepal countdown continue : 38 days till CA Elections’ शिर्षकमा तयार पारिएको प्रतिवेदनमा गगन थापालाई Key Embassy contact भनिएको छ । 

यसको अर्थ हुन्छ, थापा दूताबासका मुख्य सम्पर्क सुत्र । अमेरिकी दूताबासका तत्कालिन डेपुटी चिफ अफ मिसन ¥यान्डी बेरीले उक्त प्रतिवेदन बनाएका थिए । बेरी अहिले नेपालका लागि राजदूत छन् । थापालाई नेपाली कांग्रेसको मुख्य सम्पर्क सुत्रको रुपमा प्रयोग गरी नेपालमा पहिलो संविधानसभाको चुनाव हुनु भन्दा पहिले तयार पारिएको प्रतिवेदनमा कांग्रेसले राम्रो नतिजा ल्याउनै नसक्ने उल्लेख गरिएको थियो । 

कांग्रेसले गिरिजाप्रसाद कोइराला बुढो र कमजोर भएकाले सम्बोधन गर्न नसक्ने र विद्यार्थी संगठनको पार्टीप्रति मोह भंग भएकोले राम्रो नजिता ल्याउनै नसक्ने अमेरिकी प्रतिवेदनमा उल्लेख गरिएको थियो । 

नेपाली कांग्रेसले मधेशीलाई धेरै नै अधिकार दिएको भनेर तराईमा रहेका पहाडी मुलका व्यक्तिहरुले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई भोट दिन सक्ने पनि थापालाई उदृत गर्दै तयार पारिएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रतिवेदनमा कांग्रेस कमजोर भएकाले संविधानसभाको निर्वाचन टार्न हत्कण्डा अपनाउन सक्ने पनि उल्लेख गरिएको छ । थापाविरुद्ध उनैलाई उदृत गरी प्रतिवेदन नै सार्वजनिक भएपछि उनले पुरानो र कस्ले के भन्छ भन्दै पन्छिएका छन्, यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *