नेकपा सचिवालय बैठक बस्दै, स्कुल विभाग प्रमुख टुंगो लगाइने
मकालु खबर
२०७६ साउन १२ गते
साउन १२, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक आज (आइतबार) दिउँसो बस्ने भएको छ ।
आइतबार दिउँसो ३ बजेका लागि तय भएको बैठकले स्कुल विभागको नेतृत्व टुंगोमा पुर्याउने लगायत पार्टीका सबै कार्य विभाजन टुंगो लगाइने जानकारी दिइएको छ ।
null
नेकपाभित्र स्कुल विभागको प्रमुख को हुने, को राख्ने भन्ने विषयमा विवाद कायमै छ । पूर्व एमालेका तर्फबाट ईश्वर पोखरेल र पूर्व माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठले दाबेदारी गरिरहेका छन् ।
स्कुल विभागमा सचिवालय सदस्यका दुवै नेताले आफ्नो अडान नछोड्दा एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन । नेता घनश्याम ढकालले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।
स्कुल विभागको जिम्मा कसलाई दिने भन्ने टुंगो लाग्न नसक्दा साउन ९ गतेको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो ।
मकालु खबर
२०७६ साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित