ज्योती बचत कोषको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

साउन १२, काठमाडौं । काठमाडौं तारेकश्वर नगरपालिका १८ जरंखु स्थित ज्योती बचत कोषाकाे पाचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । ११ गते शनिबार कोषको कार्यालयमा सम्पन्न वार्षिक साधारण सभाका प्रमुख अतिथि कौशल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पशुपति मैनाली रहेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मैनालीले कोषले समुदायमा छरिएर रहेका स–साना पूजीलाई एकत्रित गर्दै समुदायमै लगानी गर्दा साना तथा मध्यम आय भएका परिवारका लागि आर्थिक शशक्तिकरणमा सहजता भएको बताए । उनले कोषको दायरालाई फराकिलो बनाएर लगे समाज रुपान्तरणको अभियानमा सहयोग पुग्ने समेत जिकिर गरे । 

बचत कोषका अध्यक्ष मोहनकुमार डिसीको अध्यक्षतामा सम्पन्न साधारण सभामा कोषका कोषाध्यक्ष पवित्रा ओलीले आर्थिक वर्ष ०७५/०७६ को आर्थिक प्रतिवेदन पेश गर्दा कोषका लेखा संयोजक चन्द्रवती पाठकले लेखा प्रतिवेदन पेश गरेका थिए । 

null

 

बचत कोषले आव ०७५/०७६ मा ३५ लाख १४ हजार ३०७ रुपैंयाको आम्दानी गर्दा ३ लाख ८६ हजार १६० रुपैंया बचत गर्न सफल भएको छ । भने, १० लाख २९ हजार २२० रुपैया खर्च गरेको सार्वजनिक गरिएको थियो । कोषले कूल आम्दानी भने २० लाख ९८ हजार ९२७ रुपैंया गर्न सफल भएको बताइएको छ । 

हाल बचत कोषमा १ सय ५ जना सदस्य रहेको संस्थाका अध्यक्ष मोहनकुमार डिसीले जानकारी दिए । उनले कोषले समुदायमा आधारित कार्यक्रममा लगानी गर्ने तथा समाजमा स–साना पूजी रहेकाहरुलाई बचत गर्ने बानीको विकास गरिरहेको बताए । ‘ज्योती बचत कोषको उद्देश्य समाजमा छरिएर रहेका स–साना पूँजीलाई एकत्रित गर्दै समुदायमै सस्तो तथा सुलभ ब्याज दरमा आय मुलक क्षेत्रमा लगानी गर्नुरहेको छ ।’ उनले भने ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *