रत्नगिरीमा बाँध भत्किँदा ७ को मृत्यु, २० बेपत्ता

 

असार १८, भारत । भारतको महाराष्ट्र प्रान्तको रत्नगिरी जिल्लामा बाँध भत्किएपछि सात जनाको मृत्यु भएको छ । भने, २० जना बेपत्ता भएका छन् । स्थानीय प्रशासनका अनुसार मंगलबार राति ८ः३० मा ओभरफ्लो भएको एक घण्टामा बाँध भत्किएको हो । 

मुम्बईबाट २ सय किलोमिटर दुरीमो रहेको कोंकण क्षेत्रमा तिवरे बाँध भत्किएपछि सातवटा गाँउमा एकैपटक अचानक बाढी छिरेको थियो । 

null

जिल्लाका प्रशासनिक अधिकारीका अनुसार बाँध भत्किएको ठाउँभन्दा केही दुरीमा सात जनाको शव भेटिएको थियो । 

बीबीसी मराठी सेवाका संवाददाता जान्हवी मुलेका अनुसार नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)को टिम राहत र बचाउका सामाग्री, पुलिस र स्वयंसेवक प्रभावित क्षेत्रमा उद्दारमा खटिरहेका छन् । 

पछिल्लो ४ दिनदेखि मुम्बईको कोन्कणको उक्त तटिय क्षेत्रमा भारी वर्षा भइरहेको थियो । जसको कारण मुम्बईको जनजिवन प्रभावित भएको छ । मुम्बई, पुना र कल्याणमा अलग अलग घटनामा अहिलेसम्म २७ जनाको मृत्यु भइसकेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *