अण्डा संघको विवाद मिलाउन निर्वाचन, दुई प्यानल चुनावी मैदानमा

 

साउन ११ चितवन । नेपाल अण्डा उत्पादक संघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । प्रक्रिया अन्र्तगत कार्यसमितिका लागि उम्मेदवारी दर्ता भएको छ । शनिवार विहान सम्म भएको सहमतीको प्रयास सफल नभएपछि मतदानबाटै कार्यसमिति चयन गर्न लागिएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा दुई वटा समुह प्यानलनै वनाएर चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका शिवराम केसी र रघुनाथ भट्टले प्यानल नै बनाएका हुन् । केसी र भट्ट दुवै नेपाली काग्रेश निकटै हुन् । १ अध्यक्ष र ६ जना सदस्य चयनका लागि मतदान हुन लागेको हो । वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका भट्टको प्यालनमा पिताम्वर सन्जेल, गोकुलनाथ पौडेल, जर्नादन अधिकारी, सुर्दसन आचार्य, चिरञ्जिवी पौडेल र प्रेम गैरेले उम्मेदवारी दिएका निर्वाचन समितिले जनाएको छ । निवर्तमान अध्यक्ष समेत रहेका केसीको प्यानलबाट किरणभुषण ओली, विनोद अधिकारी, भरत कार्की, राजकुमार श्रेष्ठ, ललित जिसी र प्रविण केसीको उम्मेदवारी परेको छ । 

निर्वाचनमा देशभरबाट उपस्थित भएका ६ सय ९७ जना अण्डा उत्पादक किसानहरुले मताधिकार प्रयोग गर्नेछन् । निर्वाचन समिति संयोजक दिवाकर पौडेलका अनुसार अन्तिम नामावली प्रकासन पश्चात अपरान्ह ४ वजदेखी मतदान सुरु हुनेछ । शनिवारै मतगणना सक्ने गरि तयारी गरिएको उनले वताए । गत जेष्ठ २४ गते भएको संघको १५ औं साधारण सभाबाट संघमा विवाद झनै चुलिएको थियो । सो चुनावमा संघका अध्यक्ष त्रिलोचन कडेंल विरुद्ध अविश्वासको प्रस्ताव पेश गरि वहुमत सदस्यहरुले शिवराम केसीलाई अध्यक्ष वनाएको थियो । त्यसपछि दुवै अध्यक्षहरुले आआफु अध्यक्ष रहेको दावी गर्दै हिडेपछि जिल्ला प्रशासन कार्यालयले विवाद समाधान गर्न पहल गर्दै विषेश साधारण सभा वोलाउन सहमत भएको हो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *