प्रदेश ३ को नीति तथा योजना आयोगका उपाध्यक्षद्वारा राजीनामा

 

असार ३१, काठमाडौँ । प्रदेश ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई आफनो पदबाट राजीनामा दिएका छन् । 

डा. देवकोटाले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिई आफ्नो व्यक्तिगत कारणले गर्दा राजिनामा दिएको प्रष्टाएका छन् । । 

null

राजीनामा फिर्ता लिन मुख्यमन्त्री डोरमणि पौडेललगायतले आग्रह गरे पनि आफूले दिएको राजीनामा फिर्ता नलिएको उनले जानकारी गराएका छन् । 

मुख्यमन्त्री तथा प्रदेश सरकारको पदमा रहँदा सधैँ आफूलाई साथ सहयोग गरेको भए पनि बाहिर बसेर अध्ययन बढाउनुपर्ने कारण राजीनामा दिएको उनको भनाई छ । 

मुख्यमन्त्री पौडेलले आफूलाई विश्वास गरेर सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेश प्रोफाइल तयार पारेको, समयमै आधारपत्र तयार पारेको, लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको तथा प्रदेश सरकारलाई पाँच वर्षसम्म आवश्यक पर्ने विभिन्न योजनाहरु निर्माण गरेको उनले बताएका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *