आमाको हत्या गर्ने छाेरा प्रहरीकाे खाेरमा
असार २१, झापा । सुरुङ्गा नगरपालिका–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामी मगरको हत्या गरेको आरोपमा पक्राउ परेका उनकै छोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
हत्या आरोपमा घटनास्थलबाटै पक्राउ परेका मृतकका आफ्नै छोरा ३४ वर्षीय रिठ्ठे भनिने जङ्गबहादुर पुलामी मगरलाई आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । प्रहरी नायब उपरीक्षक भावेश रिमालले हत्या आरोपमा बिहीबार साँझ खुकुरीसहित जङ्गबहादुरलाई पक्राउ गरिएको जानकारी दिए ।
null
दुबै हातमा खुकुरी लिएर धम्क्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भेडियाको टोलीले आरोपितलाई पक्राउ गरेको हो । उनलाई हिजाे अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय कडरबोनामा राखिएको छ ।
खुकुरी प्रहारले गर्धन सहित टाउको पछाडी तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा काटिएको रक्ताम्य अवस्थामा धनमायाको शव फेला परेको थियो । शवको हिजाे रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहानमा शव परीक्षण गरिएको छ । रासस