एन आई सी एशिया ग्रोथ फण्डको नगद लाभाँश घोषणा

साउन १०, काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । 

क्यापिटल लिमिटेडको आज बसेको सञ्चालक समितिको ६१ औं बैठकले आर्थिक वर्ष २०७५/०७६ का लागि एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो योजना “एन आई सी एशिया ग्रोथ फण्ड” का इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । क्यापिटल लिमिटेडले आठ करोड पैतिस लाख बिस हजार नगद लाभाँश वितरण गर्ने निर्णय गरेको छ । 

एन आई सी एशिया क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको दोश्रो योजना “एन आई सी एशिया ब्यालेन्यड् फण्ड” NIC ASIA Growth Fund को प्रति इकाई रु.१० दरका १२ करोड ५० लाख इकाई श्रावण ८ गतेदेखि निष्कानशन तथा बिक्री खुल्ला गरेको छ । 

null

उक्त ब्यालेन्सड् फण्डको इकाई खरिद गर्नको लागि प्रचलित सामूहिक कोष नियमावली एवं निर्देशिकाको अधिनमा रही नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले आवेदन दिन सक्नेछन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *