करेन्ट लागेर झापामा एक जनाको मृत्यु

 

साउन ५, विराटनगर । झापाको मेचीनगर नगरपालिका–६ का ५५ बर्षीय धन कुमार राईको करेन्ट लागेर मृत्यु भएको छ । 

आज बिहान ५ बजेको समयमा आफ्नै घरको बाहिर जमेको पानी मोटर लगाई तान्ने क्रममा अचानक करेन्ट लागि घाईते राईलाई उपचारको लागि झापाको मनमोहन अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *