बिगत ११ वर्षदेखि मुकेश अम्बानीकाे तलबमा वृद्धि भएन्

  

 

साउन ५, भारत ।  रिलायन्स इन्डष्ट्रिका अध्यक्ष मुकेश अम्बानीले लगातार ११ औं वर्षसम्म आफ्नो तलब प्याकेजमा वृद्धि गरेका छैनन् । 

null

सन् २००७– ०९ देखि उनको प्याकेज १५ करोड भारुमा स्थिर छ । कम्पनीको वार्षिक रिपोर्टमा व्यवस्थापन तहमा तलब कम राखेर व्यक्तिगत उदाहरण पेश गर्ने इच्छा जारी गर्दै मुकेश अम्बानीले तलब नबढाएको बताएका छन् । 

 मुकेश अम्बानीका ‘कजिन’ निखिल मेसवानीको प्याकेज बढेर २०.५७ करोड भारु भयो 

भारतीय मिडिया भास्करका अनुसार २०१८–१९ मा मुकेश अम्बानीको प्याकेज 

तलब भत्ता – ४.४५ करोड भारु 

कमिशन – ९.५३ करोड भारु 

अतिरिक्त सुविधा – ३१ लाख भारु 

निवृत्तिभरण रकम – ७१ लाख भारु 

कुल – १५ करोड भारु 

यद्यपि, रिलायन्सका अन्य सबै पूर्णकालीन निर्देशकको प्याकेज पछिल्ला आर्थिक वर्षमा राम्रै तरिकाले वृद्धि भएको छ । मुकेश अम्बानीका कजिन निखिल र हितल मेसवानीको प्याकेज बढेर २०.५७–२०.५७ करोड भारु भएको छ । उनीहरुको प्याकेज सन् २०१७–१८ मा १६.५८–१६.५८ करोड भारु थियो । सन् २०१५–१६ मा निखिलले १४.४२ करोड भने हितलको १४.४१ करोड भारु पाएका थिए । सन् २०१४–१५ मा दुबैको प्याकेज १२.०३–१२.०३ करोड भारु थियो । 

कम्पनीका प्रमुख व्यक्तिमा संलग्न कार्यकारी निर्देशक पी एम एस प्रसादको प्याकेज सन् २०१८–१९ मा १०.०१ करोड भारु भयो । सन् २०१७–१८ मा ८.९९ करोड भारु थियो । रिफाइनरी प्रमुख पवन कुमारले ४.१७ करोड भारु पाए । सन् २०१७–१८ मा उनको प्याकेज ३.४७ करोड भारु थियो । 

मुकेश अम्बानीकी श्रीमती एवं गैर कार्यकारी निर्देशक निता अम्बानीले ‘सिटिङ फिस’ को रुपमा ७ लाख भारु र कमिशनको रुपमा १.६५ करोड भारु पाइन् । सन् २०१७–१८ मा यो झुक्तान ६ लाख र १.५ करोड भारु थियो । 

एसबीआईकी पूर्व अध्यक्ष अरुन्धती भट्टाचार्यलाई कमिशनको रुपमा ७५ लाख भारु दिइयो । उनलाई १७ अक्टोबर २०१८ मा रिलायन्स इन्डष्ट्रिजको बोर्डमा नन–एक्जिक्यूटिभ डिरेक्टरको रुपमा समावेश गरिएको थियो । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *