नेपाली बालिका बलात्कार गर्ने भारतीय पक्राउ

 

असार १९, काठमाडौं । नेपाली बालिका बलात्कार गरेको अभियोगमा एक भारतीय पक्राउ परेका छन् । 

प्रहरीले भारतको नयाँ दिल्लीमा १४ वर्षीय नेपाली बालिका बलात्कार गर्ने भारतीय पंकज सिंहलाई नियन्त्रणमा लिएको हो । 

null

३३ वर्षीय सिंहले आफ्नै घरमा काम गर्दै आएकी ती बालिकलाई यही जुन ३० मा बलात्कार गरेका थिए । नेपाली दूतावासको सहयोगमा घटनाको तीन दिनपछि उनी पक्राउ परेका हुन् । सिंह दिल्ली पुलिसका सब इन्सपेक्टरका छोरा हुन् । उनका श्रीमती र २ छोराछोरी समेत छन् । 

डोटीको साहिल गाउँपालिका वडा नं.४ स्थायी घर भएकी ती बालिका लामो समयदेखि सिंहको घरमा काम गर्दै आएकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *