मारबाडी समुदायलाई होच्याउने पुस्तक बिक्रीवितरणमा रोक लगाउन डा. कोइरालाको माग

 

असार ३१, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ‘हेल्थ फिजिकल एजुकेशन’ नामक पुस्तकमा मारबाडी समुदायलाई होच्याउने शब्दहरु प्रयोग गरिएको प्रति आपत्ति जनाएका छन् । 

आज एक विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रिय सदस्य डा. कोइरालाले ‘हेल्थ फिजिकल एजुकेशन’ नामक पुस्तकमा मारबाडी समुदायलाई होच्याउने शब्दहरु प्रयोग गरिएको प्रति पाठ्यक्रम बिकास केन्द्रको पनी चरम लापरबाही देखिएको आरोप लगाएका छन् । 

null

नेपालको संविधानले जातजाती, भाषा, धर्म तथा संस्कृतिका आधारमा कसैलाई पनि भेदभाव गर्न पाइँदैन भनेपनि ‘हेल्थ फिजिकल एजुकेशन’ मा माडवारी समुदायलाई होच्याइएको उनको जिकिर छ । 

‘काठमाडौंको एशियन पब्लिकेशनले प्रकाशन गरेको कक्षा ७ र ८ को ‘हेल्थ फिजिकल एजुकेशन’ नामक पुस्तकमा मारबाडी समुदायलाई होच्याउने शब्दहरु प्रयोग गरिएको कुराले गम्भिर बनाएको छ । यसमा पाठ्यक्रम विकास केन्द्रको पनि चरम लापरबाही देखिएको छ’, डा. कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

उनले कसैले पनि कुनै समुदायलाई अपमान गर्ने शब्दहरु प्रयोग गर्छ भने नेपाली कांग्रेसलाई कुनै पनि हालतमा स्विकार्य नहुने बताएका छन् । डा. कोइरालाले तत्कालै सरकारले यस प्रकाशन र पाठ्यक्रम विकास केन्द्रका पदाधिकारीहरुलाई कारबाही प्रक्रिया अगाडी बढाई उक्त पुस्तक बिक्रि बितरणमा तत्कालै रोक लगाईनु पर्ने माग गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *