लखनऊमा भिखारीलाई काम, तलब पनि !
मकालु खबर
२०७६ असार २५ गते
असार २५, नयाँ दिल्ली । लखनऊ नगर निगम शहरका भिखारीले रोजगार पाउने भएका छन् । त्यहाँको सरकारले भिखारीलाई काम र तलब दिने योजना बनाइरहेको छ ।
नगर निगमको रेकर्ड अनुसार शहरमा कुल ५४३ भिखारी छन् । यद्यपी गैरसरकारी आँकडा अनुसार यो संख्या करिब ५ हजार छ । यस शहरमा भीख माग्नेहरुलाई रोजगार दिन निगमले सबै वार्डहरुमा सर्भे गर्दैछ ।
null
नगर निगमका आयुक्त इन्द्रमणि त्रिपाठीका अनुसार यो योजना भीख माग्नेवालाको मुख्यधारासँग जोड्ने उद्देश्यले यो योजना अघि बढाइएको हो । ती मानिसहरुबाट नगरको काम गराउने योजना छ, जसमा घर–घरमा गएर कचौरा जम्मा गर्ने, सफाइको काम, सडकमा बिजुलीको व्यवस्थाका काम, नालाको सफाइ लगायत छन् ।
मकालु खबर
२०७६ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित