बाढी-पहिरो प्रभावितलाई कांग्रेस सांसदले ५ दिनको तलब दिने

 

असार ३०, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसदहरुले बाढी, पहिरो तथा डुबानपीडितलाई आर्थिक सहयोगस्वरुप आफ्नो ५ दिनको तलब राहत उपलब्ध गराउने भएका छन् । 

सोमबार कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ति जारी गर्दै सांसदहरुले बाढीपीडितलाई ५ दिनको सहयोग रकम उपलब्ध गराउने जानकारी दिएका हुन् । 

null

कांग्रेसले संसदको अन्य कारवाही स्थगन गरी बाढी पहिरोको विपद व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव ल्याउँदा सत्तापक्ष सकारात्मक नभएको समेत आरोप लगाएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले बाढी, राहत र उद्धारबारे छलफल गरौँ भन्ने प्रस्ताव राख्दा सभामुख कृष्णबहादुर महराले कसैको दबाबमा आएर बैठक स्थगित आरोप लगाएका हुन्् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *