साउन १ देखी इन्टरनेट प्रयोगकर्ताले १३ प्रतिशत बढी तिर्नुपर्ने
मकालु खबर
२०७६ साउन १ गते
असार ३१, काठमाडौँ । सेवाग्रहीले तिर्ने गरेकाे इन्टरनेटको शुल्कमा १३ प्रतिशतले बृद्धी भएको छ ।
सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले ग्राहकबाटै उठाउने निर्णय गरेपछी साउन १ देखि नै यो नियम लागू हुने भएको हो ।
null
गत वर्ष सरकार र इन्टरनेट सेवा प्रदायकले ग्राहकले तिर्नुपर्ने इन्टरनेट शुल्क बृद्धी नगर्ने सम्झौता गरे पनि इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क सिधै ग्राहकबाटै उठाउने निर्णय गरेपछी १३ प्रतिशतले मूल्य बृद्धी भएको हो ।
इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले भने ‘गत वर्ष सरकारले दूरसञ्चार नियमावली संशोधन गरी सरकारले कर छुट गर्ने र आधा रकम इन्टरनेट सेवा प्रदायकले ब्यहोर्ने सहमति भएको थियो’ ‘तर सरकारले नियमावली संशोधन गरेन, त्यसपछि हामीले सिधै ग्राहकबाट उठाएर सरकारलाई बुझाउने निर्णय गरेका हौं ।’
मकालु खबर
२०७६ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित