अध्यक्ष पक्राउको विरोधमा व्यापारीले बन्द गराए अत्तरियाको बजार

 

असार १८, कैलाली । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षसहित ३ जना पक्राउ परेपछि व्यापारीहरु विरोधमा उत्रिएका छन् । 

आज (बुधबार) बिहान प्रहरीले पत्रकार सम्मेलनबाटै संघका अध्यक्ष अशोक देवकोटा, सदस्य विपिन साउद र व्यापारी दिनेश विष्टलाई पक्राउ गरेपछि विरोधमा उत्रिएका व्यापारीहरुले अत्तरिया बजार बन्द गराएका छन् । 

null

व्यवसायीहरुको समस्यालाई नगरपालिकाको नगरसभामा राख्न नपाएको विषयमा बोल्दा मुद्दा लगाएर प्रहरीले नियन्त्रणमा राखेपछि बजार बन्द गराइएको सचिव शंकर खड्काले जानकारी दिए । 

गत असार १० गतेको नगरसभामा उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटा नेतृत्वको समूहले आफूहरुले पनि बोल्न पाउनुपर्ने भन्दै अवरोध खडा गरेपछी देवकोटासहित यस उद्योग वाणिज्य संघका ८ जना पदाधिकारी विरुद्ध गोदावरी नगरपालिकाले मुद्दा दर्ता गरेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *