आज विमानस्थलमा गोली चल्दा दुईको मृत्यु, १ घाइते

 

असार १८,पाकिस्तान ।   पाकिस्तानको लाहौरस्थित अलामा इक्बाल अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार एक व्यक्तिले चलाएको गोली लागेपछि दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । 

विमानस्थलको मुख्य भवन बाहिर भएको अराइभल/वेटिङ एरियामा उक्त घटना भएको हो । 

null

पुलिस अधिकारी कान्ट सफ्दार राजा काज्मीले घटनामा मृतक र घाइतेको संख्या पुष्टि गरेका हुन् । मृतकमध्ये एकको अस्पतालमा मृत्यु भएको जानकारीमा उल्लेख छ । 

सुरुवाती अनुसन्धानमा पत्ता लागेअनुसार नीजि झगडापछि गोली चलाइएको थियो । यसबारे थप अनुसन्धान भइरहेको काज्मीले जानकारी दिए । 

दुई आरोपी अर्सद र शानलाई पक्राउ गरिएको जानकारीमा उल्लेख छ । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *