श्रीमानले लगाए बेडरुममा सिसिटिभी क्यामेरा, श्रीमतीले दिइन् उजुरी

 

साउन ५, काठमाडौं । भारतको त्रिपुरामा सासुको निगरानीमा आफ्नो बेडरुममा सिसिटिभी क्यामेरा लगाइएको भन्दै एक महिलाले श्रीमान् विरुद्ध राज्य महिला आयोगमा उजुरी दिएकी छिन् । 

पश्चिमी त्रिपुरा जिल्लाको प्रतापगढस्थित साधुतिल्ला गाउँकी ती महिलाले श्रीमानले बेडरुमसहित घरका सबै कोठमा सिसिटिभी क्यामेरा लगाएको भन्दै श्रीमान् विरुद्ध उजुरी दिएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । 

null

इन्डियन एक्प्रेसका अनुसार ती दुईको विवाह तीन वर्षअघि मात्रै भएको थियो । उजुरी दिने महिलाका श्रीमानले गत वर्ष सेप्टेम्बरमा चार कोठे घरमा बेडरुमसहित पाँचवटा सिसिटिभी क्यामेरा राखेका थिए । 

क्यामराको मोनिटर सासुको कोठामा फिट थियो जहाँबाट निगरानी राखिन्थ्यो । श्रीमानको त्यस्तो व्यवहारपछि उनी घर छोडेर माइती गएर बस्न थालेकी थिइन् । 

विवाहको केही दिनपछि नै दाइजोका लागि प्रताडित गर्न थालिएको उनको भनाइ छ । विवाहका बेला दाइजोको कुरै नगरेको परिवारले एकाएक दाइजो मागेको उनको आरोप छ । उनको परिवारले एक पैतृक जमिन बेचेर पाएको दुई लाख भारु दाइजो स्वरुप दिएको ती महिलाले बताइन् । 

यता उनका श्रीमानले भने सोधपुछका क्रममा पत्नीबाट आफू पीडित भएका कारण घरको चारैतिर सिसिटिभी लगाइएको दाबी गरेका छन् । उनले आफू निर्दोष भएको र दाइजोको कहिले पनि माग नगरेको पनि दाबी गरे । 

श्रीमतीले घर छोड्ने तयारी गरिरहेका बेला आफूले जेल पठाउने धम्की दिएपछि त्यसैको बदला लिनका लागि यस्तो गरेको उनले स्पष्ट पारे । श्रीमानका अनुसार उनकी श्रीमती उनीसँग, उनका आमा र आफन्तसँग दुव्र्यवहार गर्थिन्, त्यसकारण उनले आत्मसुरक्षामा सिसिटीभी क्यामरा लगाएका थिए । परेको बेला निर्दोष छु भनेर प्रमाणित गर्न सकियोस् भनेर यस्तो गरेको उनको दाबी छ । 

महिला आयोगकी अध्यक्ष बरनाली गोस्वामीले यसलाई गम्भीर अपराध बताएकी छिन् । उनले भनिन्, ‘कोही महिला आफ्नै घरमा लगातार निगरानीमा कसरी बस्न सक्छिन् ?’ 

उनले १७ जुलाईमा दुई पक्षको कुरा सुनिन् र उनीहरुलाई ४५ दिनको समय पनि दिइन् । यतिबेला श्रीमानले श्रीमतीलाई गुजाराका लागि हरेक महिना ३ हजार भारु दिने पनि बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *