बिमालस्थलबाट ठूलो परिमाणमा लागूऔषध सहित पोर्चुगिज नागरिक पक्राउ

 

साउन ५, काठमाडौँ । त्रिभुवन अन्तर्राष्टिय बिमानस्थलबाट ठूलो परिमाणमा प्रतिबन्धित लागू औषत सहित एक बिदेशी नागरिक पक्राउ परेको छ । 

पक्राउ पर्नेमा पोर्चुगिज नागरिक २५ वर्षीय टियागो मेन्डस पेरिरा रहेको लागू औषध नियन्त्रण ब्यूरो (एनसीबी) ले जनाएको छ । 

null

एयर इण्डियाको उडान नम्बर एआई २१६ बाट भारतको दिल्ली हुँदै जापान जान लागेको अवस्थामा अन्तर्राष्टिय विमानस्थलको प्रस्थानतर्फ रहेका यात्रुहरुको झोला चेकजाँग गर्ने क्रममा ४ करोड मूल्य बराबरको लागू औषधसहित टियागो टियागोलाई नियन्त्रणमा लिईएको ब्यूरोका एसएसपी वसन्त कुमार लामाले बताएका छन् । 

पक्राउ परेको उनको साथबाट २७ वटा कागजका बक्सहरुमा माथि रुमाल, टाई र त्यसमूनि फल्स बटम बनमई सानोसानो प्याकेटभित्र लागूऔषध ४ केजी २०० ग्राम फेला पारिएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार टियागोमाथि कारवार्हीको लागि थप अनुसन्धान भइरहेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *