आई.एम.ई. पेए (डिजिटल वालेट) सँग कामनाको कारोबार सुरु

 

साउन ९, काठमाडौं । कामना सेवा विकास बैंकले आई.एम.ई को आई.एम.ई. पेए डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने भएको छ । बैंकले उक्त कम्पनीसँग सम्झौता गरी सेवा सञ्चालनमा ल्याएको छ । 

बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत आई.एम.ई. पेए डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ । 

null

आई.एम.ई. पेए वालेट मार्फत ग्राहकले चन्द्रागिरी केवलकारको टिकटको भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, Mobile top up गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बंैकले जनाएको छ । 

बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *