समृद्ध नेपालको सपना नेकपाले मात्रै साकार पार्न सक्छः माधव नेपाल

 

साउन ९, काठमाडौं । सत्तारुढ नेकपाका नेता माधवकुमार नेपालले समृद्ध नेपालको सपना साकार पार्नका लागि सरकार लागि परेको बताएका छन् । 

पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसका अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित स्मृति सभामा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । 

null

उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको सपना नेकपाले मात्रै पुरा गर्न सक्छ । नेपालीले यो पार्टीसँग ठूलो आशा र अपेक्षा राखेका छन् । सरकार यसतर्फ लागि परेको छ ।’ 

कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले आफ्ना पार्टीका नेता कार्यकर्ताहरुलाई आ–आफ्नो जिम्मेवारी सही ढंगले निर्वाह गर्न पनि आह्वान गरे । उनले पार्टी एकता रातारात नभएको भन्दै अब पार्टी नफुट्ने पनि दाबी गरे । 

सबै तहका सरकारमा रहेका नेकपाका नेता–कार्यकर्ताहरुको कामको समीक्षा गर्नुपर्नेमा उनको जोड छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *