१४ महिनापछि नेकपाको एकता प्रक्रिया पुरा

 

श्रावण १, काठमाडाैँ ।  एकताको १४ महिनापछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकताका सम्पूर्ण प्रक्रिया पुरा गरेको छ । 

दुई अध्यक्षबीच लगातार भएको छलफलपछि पार्टीको जिल्ला इन्चार्ज र सहइन्चार्ज, केन्द्रीय विभागमा भागबन्डालगायत सबै प्रक्रियामा समझदारी जुटाउदै एकतालाई पुर्णता दिईएको हो । साउन ५ गते बस्ने सचिवालय बैठकले एकतालाई औपचारिक रुपमा पूर्णता दिनेछ । 

null

गत जेठ ३ गते मदभण्डारीको स्मृति दिवसको अवसरमा ततकलिन नेकपा एमाले र नेकपा माओबादी केन्द्रविच पार्टी एकता भएको थियो । केन्द्रमा एकता भएपनि तल्ला तहमा एकता बाँकी थियो । गत असोजमा विवादका विच प्रदेश कमिटि गठन गरिएपनि, जिल्ला इन्चार्ज र सहइन्चार्ज, केन्द्रीय विभाग गठनलगायत प्रक्रिया पुरा गर्न बाँकी थियो । कुन मापदण्डका आधारमा जममेवारी दिने भन्नेमा नेताहरूबीच लामो रस्साकस्सी पछि यी विषयमा विवाद मिलेको हो । 

पछिल्लो पटक अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलको समेत सहभागितामा एकताका बाँकी काममा समझदारी जुटेको हो । एक साता दिनअघी अध्यक्ष दाहालले एक सार्वजनिक कार्यक्रम मार्फतनै एकताका सबै प्रक्रियामा सहमति जुटेको घोषणा गरेका थिए । 

त्यसपछि वरिष्ठ नेता माधव नेपालसँग छुट्टै छलफल गरेपछि जिल्ला इन्चार्ज र सहइन्चार्ज, केन्द्रीय विभाग गठनलगायत सबै प्रक्रियाको अन्तिम टुंगो लगाइएको हो । वरिष्ठ नेता नेपालले दोहोरो जिम्मेवारीका आाधारमा केन्द्रीय सदस्यको कार्यविभाजन गर्न नहुने अडानमा रहेपछि यी विषयका काम थाति रहने आएको थियो । 

गत जेठ ३ गते औपचारिक रुपमा पार्टी एकता भएपनि जिल्ला इन्चार्ज र सहइन्चार्ज, ३२ केन्द्रीय विभाग, ३ केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, राष्ट्रिय परिषद्, प्रदेशस्तरीय विशेष कमिटी गठनका काम बाँकी थियो । करिव १४ महिनापछि भएको सहमति अनुसार ३२ केन्द्रीय विभागमध्ये १८ मा पूर्व एमालेले र १४ मा पूर्व माओवादीले पाउने सहमति गरिएको छ । 

३ केन्द्रीय आयोगमा २ पूर्व एमाले र १ पूर्व माओवादीको भागमा छन् भने ७७ जिल्ला इन्चार्जमा ४४ पूर्व एमाले र ३३ पूर्व माओवादीले नेतृत्व गर्नेछन् । 

यी विषय टुगिंएसंगै पार्टी एकताका सम्पूर्ण प्रक्रिया टुंगिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ बताउँछन् । उनले मकालु खबरसंग भने, ‘अव बस्ने पार्टी सचिवालय बैठकले यी निर्णय अनुमोदन गरेर सार्वजनिक गछौ, पार्टी एकताका सम्ँपुर्ण प्रक्रिया सकिएको छ ।’ 

विभागका प्रमुख को–को होलान् ? पूर्वएमालेले पाएका विभागमध्ये विदेश विभागको प्रमुखमा माधव नेपालको दाबी छ । उनी ततकलिन नेकपामा पनि सोही विभाग प्रमुख थिए । 

अहिले झलनाथ खनाल पनि सो विभागप्रति इच्छुक रहेका छन् । संगठन विभागमा वामदेव गौतमको दाबी रहे पनि उनलाई दिने सम्भावना कम रहेको बताईन्छ । 

संसदीय विभाग प्रमुखमा पुर्व सभामुख समेत रहेका सुवास नेम्वाङको सम्भावना छ । यता पूर्वमाओवादीले पाएका ठूला दुई विभागमध्ये प्रचार विभागमा नारायणकाजी श्रेष्ठको सम्भावना छ । उनी हालका प्रवत्ता रहेकाले उनले पाउने पक्कापक्की देखिएको छ । आर्थिक विभाग प्रमुख भने अध्यक्ष दाहालले कसलाई तोक्लान् भन्ने चासो देखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *