इमरानको आरोपः नवाज शरिफले जेलबाट छुट्न विदेशसँग मद्दत मागे

 

असार १७, भारत ।  पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पूर्व प्रधानमन्त्री नवाज शरिफको रिहाइका लागि उनका छोराले दुई देशसँग सम्पर्क गरेर यो मामलामा हस्तक्षेप गर्न अपिल गरेको आरोप लगाएका छन् । 

इमरान खानले यी दुई देशको नाम नबताइकनै दुई देशले यसको जानकारी आफूलाई दिएको र मामलामा कुनै पनि हस्तक्षेप अस्विकार गरेको जानकारी दिए । 

null

प्रधानमन्त्री इमरान खान आर्थिक मामलामा आफ्ना सल्लाहकार डा. हफिज शेख र फेडरल बोर्ड अफ रेभेन्यूका अध्यक्ष रब्बर जैदीले टिभी एंकर र वरिष्ठ पत्रकारको एक प्यानलसँग सोमबारको कुराकानीमा यस्तो टिप्पणी गरेका हुन् । यो कार्यक्रमलाई एआरवाई न्यूज टिभीले प्रशारण गरेको थियो । 

इमरान खानले आफू शरिफका लागि नेशनल रिकन्सिलिएशन अर्डिनेन्स (एनआरओ) को प्रस्ताव नदिने बताएका छन् । उनले भने, ‘मुशर्रफले नवाज शरिफ र आसिफ अली जरदारीलाई जुन एनआरओ दिए त्यसले देश ध्वस्त भयो । पछि दुबैले एकअर्कालाई एनआरओ दिए ।’ 

पाकिस्तानमा नेशनल रिकन्सिलिएशन अर्डिनेन्स (एनआरओ) मार्फत् सन् २००७ मा तत्कालीन राष्ट्रपति परवेज मुशर्रफले थुप्रै नेता र अधिकारीलाई आम माफी दिएका थिए । 

यो कानूनको लाभ उठाउनेमा राष्ट्रपति आसिफ, अली जरदारी, गृहमन्त्री रहमान मलिक, थुप्रै मन्त्री, वरिष्ठ नेता र विभिन्न सरकारी कर्मचारी संलग्न छन् । 

सन् २००९ मा आठ हजार बढी राजनेता र अधिकारीलाई यो कानूनले फाइदा पुर्याएको बताइएको छ । नवाज शरिफ डिसेम्बर २०१८ देखि भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएसँगै जेलमा कैद छन् । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *