भिरबाट लडेर एक पुरुषको मृत्यु

 

असार २९, ताप्लेजुङ । ताप्लेजुङमा भिरबाट लडेर १ जना पुरुषको मृत्यु भएको छ । 

ताप्लेजुङ फक्तालुङ गाउँपालिका ४ ईखाबु घर भई हाल ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बु मयुममा बस्दै आईरहेका ६३ वर्षिय कर्ण बहादुरको ल्याबुङको मृत्यु भएको हो । 

null

असार २४ गते देखी बेपत्ता भएका ल्याबुङ घरबाट १५ मिनेट दक्षिण नामबारा भिरबाट लडेर बाटो देखि १ सय मिटर तल मृत भेटिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ल्याबुङ शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाएको छ । 

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *