फेसबुकमा गाईको सुपको तस्वीर पोस्ट गर्नेमाथि कुटपिट

असार २९, नयाँ दिल्ली । हिन्दू धर्ममा गाई–गोरुलाई भगवानको रुप मानिन्छ । उनीहरुको पूजाअर्चना पनि गरिन्छ । गाई गोरु काटमार गरिँदैन । नेपालमा त गाई काट्नेलाई सजाय नै दिइन्छ । 

तर मुश्लिम संस्कारमा बीफ (गाई–गोरुको मासु) लाई सामान्य मानिन्छ । उनीहरु यसलाई आफ्नो अधिकार ठान्छन् । तर हिन्दू धर्म मान्नेहरु यसविरुद्ध लड्दै आएका छन् । भारतमा यसै विषयलाई लिएर मुशलमान र हिन्दुवादीहरु बीच चर्काचर्की परिरहन्छ। 

 

null

यस्तैमा भारतको तमिलनाडुको नागापट्टी जिल्लामा बीफ (गाई या गोरुको मासु) को शुपको तस्विर पोष्ट गर्नेमाथि कुटपिट भएको छ । 

बीफ शुप आफूलाई मिठो लाग्ने र खान पाउने आफ्नो अधिकार भएको भन्दै आफ्नो फेसबुकमा शुपको तस्वीर पोष्ट गर्ने २४ वर्षीय मोहम्मद फैजानमाथि कुटपिट भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

उनले बिहीबार दिउँसो ३ बजेतिर उक्त तस्विर फेसबुकमा अपडेट गरेका थिए । 

हिन्दुवादी संगठनमा आवद्ध सदस्यहरुले मोहम्मद फैजानमाथि आक्रमण गरेको आशंकामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 

#WeLoveBeef beef is my favourite..Eating beef is my rights. pic.twitter.com/zshByz1fcf 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *