संसदमा आजपनि कांग्रेस र राजपाको नाराबाजी

 

असार २५, काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा पनि विपक्षी सांसद नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले अवरुद्ध गरेका छन् । 

सर्लाहीमा प्रहरीसँगको भिडन्तमा मारिएका भनिएका विप्लव समूहका नेता कुमार पौडेलको मृत्युबारे छानबिन गर्न संसदीय समितिको माग गर्दै आजको संसद पनि अवरुद्ध गरेका हुन् । 

null

गएको असार ५ गते सर्लाहीको लालबन्दीमा विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरी कारबाहीमा मारिएका थिए । दुईवटा मोटरसाइकलमा आएका विप्लवका चार नेताले प्रहरीमाथी गोली प्रहार गरेपछी प्रहरीले आफ्नो सुरक्षाका लागि गोली चलाउँदा उनको मृत्यु भएको प्रहरीको दाबी थियो । 

यसै विषयलाई लिएर विपक्षी सांसदहरुले मंगलबारको बैठक पनि अवरुद्ध पारेका थिए । उनीहरूले रोष्टम घेराउ गरी विरोध कायमै राखेपछि बैठक स्थगित गरिएको थियो । 

आजको बैठकमा पनि विरोध कायमै राखेपछि स्थगित गरिएको छ । 

नाराबाजीकै बीच सभामुख महराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका बजेटसम्बन्धी विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउन समय दिएका थिए । 

प्रतिनिधि सभाको अर्को बैठक असार ३० गते दिउँसो १ बजे बस्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *