फ्रान्सेली मन्त्रीद्वारा राजीनामा
मकालु खबर
२०७६ साउन १ गते
श्रावण १, पेरिस । फ्रान्सका वातावरणमन्त्री फ्राँस्वा दे रगीले बिहीबार राजिनामा दिएका छन् ।
मन्त्री रगीले सरकारी बजेटको दुरूपयोग, विलासी भोजका लागि अत्यधिक खर्च गरको लगायतका आरोप लगाइएको छ ।
null
मन्त्री रगीले भने आफूमाथि लगाइएका उक्त आरोपहरूमा कुनै सत्यता नरहेको भनी खण्डन गर्दै आएका छन् । उनले आरोपलाई ‘सञ्चारमाध्यमको आफूमाथिको प्रहार’ भनेका छन् ।
सञ्चारमाध्यममार्फत निरन्तर आफू र परिवारमाथि भएका आक्रमणका कारण आफू पछि हटेको तर आरोप सबै सही नभएको वातावरणमन्त्रीले बताए ।
“मैले मेरो राजीनामा प्रधानमन्त्रीसमक्ष आज विहान (मङ्गलबार) बुझाएको छु” रगीले भने । उनले विदेशमन्त्रालयसमेतको जिम्मेवारी सम्हाल्दै आएका थिए र सरकारमा प्रधानमन्त्री पछिको मर्यादाक्रममा रहँदै आएका थिए । एजेन्सी
मकालु खबर
२०७६ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित