खैरहनीले किसानलाई वाड्यो ४८ लाखको कृषि औजार
असार ३१, चितवन । खैरहनी नगरपालिकाले नगर भित्रका किसानका लागि कृषि औजार वितरण गरेको छ । कृषिमा लागत सहभागीता घटाउने उदेश्यसहित ४८ लाख वरावरको रिपर ( धान काट्ने मेसिन) र ड्याङ वनाउने मेसिन वितरण गरेको हो ।
नगरका विभिन्न वडामा रहेका १३ वटा कृषि समुह र कृषि सहकारी मार्फत किसानलाई ति सामाग्री वितरण गरिएको खैरहनी नगरपालिका कृषि शाखा प्रमुख श्रीकान्त घिमिरेले जानकारी दिए । नगरपालिकाको ३८ लाख ४० हजार र किसानको ९ लाख ६० हजार गरि कुल ४८ लाख वरावरको कृषि औजार वितरण गरिएको हो ।
null
नगरका विभिन्न स्थानका सहकारी तथा समुहले १२ वटा रिपर र ९ वटा ड्याङ वनाउने मेसिन पाउनेछन् । प्रति रिपरको मुल्य २ लाख ६५ हजार र प्रति ड्याङ वनाउने मेसिनको मुल्य १ लाख ८० हजार रुपैया पर्छ । खैरहनी ६ स्थित साना किसान कृषि सहकारी संस्थाका लागि सहकारी परिसरमा आयोजित एक कार्यक्रमका बीच खैरहनीकी उपमेयर सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले सहकारीकी अध्यक्ष राधिका कुमारी क्षेत्रीलाई कृषि औजार हस्तान्तरण गरे ।
सो कृषि सहकारी मार्फत समुहले २ वटा रिपर र २ वटा ड्याङ वनाउने मेसिन प्रयोग गर्न पाउनेछन् । औजार वितरण गर्दै उमपेयर थपलियाले आधुनिक कृषि औजारको प्रयोगले उत्पादनमा लागत घट्ने वताईन् । जसले किसानको आर्थिक वृद्धीमा टेवा पुग्ने उनको विश्वास छ । सो अवसरमा उपमेयर थपलियाले सामुहिक रुपमा खेती प्रणाली अवलम्वन गर्न किसानलाई सुझाव दिईन् ।