विप्लव समुहको सोलुखुम्बु सेक्रेटरी चितवनमा पक्राउ

चितवन, २७ असार ।  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटिका सोलुखुम्बु सेक्रेटरी चितवनमा पक्राउ परेका छन् । चितवन प्रहरीले सोलुखुम्बु सेक्रेटरी शिवा खड्कालाई चितवनको ज्योतिनगरबाट पक्राउ गरेको हो । 

खड्का चितवनमै रहेको भन्ने विशेष सुचनाका आधारमा खोजी गर्दा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिए ।  चितवनमा विप्लव नेता कार्यकर्ता खोजी गरि पक्राउ गर्न चितवन प्रहरिले कार्ययोजनामै विशेष प्राथमिकता दिएको छ ।पक्राउ परेकी खड्का २०७१ मंसिर ८ गते देखि सो पाटिमा आवद्ध रहेको प्रहरिले जनाएको छ । उनी विप्लव माओवादीको महिला केन्द्रिय सदस्य हुँदै कोसी ब्यूरो संयोजक भइ हाल सोलुखुम्बु सेक्रेटरी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *