टिकटकको निर्माता बाइट–डान्सले अव मोबाइल निर्माण गर्ने

 

साउन १४ । ‘भिडियो–शेयरिङ एप’को रुपमा अत्यन्त लोकप्रिय टिकटकको निर्माता बाइट–डान्सले मोबाइल निर्माणको व्यवसाय सुरु गर्ने घोषणा गरेको छ । 

टिकटक पछिल्लो समय सबैभन्दा तीव्र गतिमा वृद्धि भएको समाजिक सञ्जाल एप हो । हाल यसमा ५० करोड नियमित प्रयोगकर्ता छन् । विश्वभरी टिकटक एक अर्ब पटक डाउनलोड गरिएको विश्वास गरिएको छ । 

null

एपमा प्रयोगकर्ताले १५ सेकेण्डसम्मको भिडियो पोष्ट गर्न सक्छन् । 

टिकटक निर्माता बाइट–डान्सले मोबाइल बनाउने व्यवसाय सुरु गर्नको लागि उपकरण निर्माता समार्टीसनको प्याटेन्ट र कर्मचारी किनिसकेको छ । 

बाइटडान्सले अरु पनि कयैन लोकप्रिय भिडियो र समाचार एपको निर्माण गरेको भए पनि टिकटक अत्यन्त धेरै लोकप्रिय रहेकाले उसको परिचय नै टिकटकसँग जोडिएको छ । 

यो एप यति धेरै चर्चित छ कि यसले हालै उबरलाई उछिनेर विश्वको सबैभन्दा ठूलो नीजि ‘स्टार्ट–अप’ बन्यो । यसको बजार मूल्याकङ्न ७५ अर्ब गरिएको छ । 

चिनियाँ आर्थिक म्यागजिन ‘काइजिङ’का अनुसार बाइट–डान्सले सात महिनादेखि नयाँ मोबाइल निर्माण गरिरहेको थियो । तर प्रविधि विज्ञहरुले भने चीनको अत्यन्त प्रतिस्पर्धात्मक मोबाइल बजारमा टिकटक निर्माताले ल्याउने मोबाइललाई कठिन हुने बताएका छन् । 

चिनियाँ बजारमा एप्पल, सामसुङ र हुवावेबीच तीव्र प्रतिस्पर्धा छ । तिनले उपभोक्तालाई आकर्षित गर्नको लागि विज्ञापनमा ठूलो रकम खर्चिरहेका छन् । 

विगतमा ठूला अमेरिकी प्रविधि कम्पनी फेसबुक, अमेजन र गुगलले पनि आफ्नो प्राथमिक व्यवसायभन्दा फरक क्षेत्रमा हात हालेका उदाहरण छन् । तर तिनले तिनमा फरक–फरक उचारचढाव भोगे । 

फेसबुक समाजिक सञ्जाल क्षेत्रमा अत्यन्त सफल भएपनि उसले ल्याएको एन्ड्रोइड लञ्चर एप ‘होम’मा असफल भयो । त्यस्तै अमेजन किण्डल ट्यावलेट र इ–रिडर्समा सफल छ तर उसको फायर मोबाइल एक वर्ष पनि टिक्न सकेन । 

गुगलको पिक्सेल मोबाइल राम्रो विक्री भए पनि उसको महत्वकाक्षी समाजिक संजाल क्षेत्रको प्रयोग कम हुदैं गएपछि यही वर्ष बन्द भएको थियो । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *