त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ७ बजे सम्म अबरुद्ध
असार २७, काठमाडौँ । अवतरणका क्रममा चिप्लिँदा दुर्घटना भएको यतिको एटीआर–७२ को जहाज भारी वर्षाको कारण निकाल्न कठिनाई भईरहेको छ ।
नेपालगन्जबाट उडको उक्त बिमान अवतरण गर्नेबेला रन रन-वे (धावनमार्ग) बाट चिप्लिएर दुर्घटना भएको थियो ।
null
बिमान दुर्घटना भएपछी २ जे सम्मको लागि बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समय (नोटाम) को समय ५ बजेसम्मका लागि सारिए पनि उक्त समयमा बिमान निमाल्ने कार्य नसएिकोले शुक्रबार ७ बजे सम्मको लागि विमानस्थल बन्द गरिएको छ ।
विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीका अनुसार उक्त समयसम्म पनि जहाज घाँसेमैदानबाट बाहिर निकाल्न चुनौती रहेका बताएका छन् । भारी वर्षाका कारण जहाज अझै धस्सिने क्रम बढेको र बिमान घाँसेमैदानबाट थोरे मात्र सारिएको क्षेत्रीले बताएका छन् ।
६८ जना यात्रु र ४ जना चालकदलका सदस्य सवार उक्त बिमान घाँसे मैदान पुगेर धस्सिएको थियो भने उक्त दुर्घटनामा परी २ जना यात्रु समेत घाईते भएका थिए ।