पाकिस्तानमा विमान दुर्घटनाः १२ सर्वसाधारणसहित १७ को मृत्यु

 

साउन १४, पाकिस्तान ।  पाकिस्तानी सेनाको एक विमान मंगलबार बिहान रावलपिन्डीको आवासीय इलाकामा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा पाँच चालक दलसहित १७ को मृत्यु भएको छ । मृतकमध्ये १२ सर्वसाधारण पनि रहेको बताइएको छ भने १२ जना घाइते छन् । 

 प्रशासनको अनुसार आवासीय क्षेत्रमा दुर्घटना भएका कारण थप क्षती भएको बताइएको छ । विमानमा लागेको आगोले थुप्रै घरमा क्षती पुर्याएको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । 

null

सेनाका अनुसार दुर्घटनामा विमानका दुई पाइलट मारिएका छन् । उता, रावलपिन्डीको अस्पतालमा संकटकालको घोषणा गरिएको छ । पाकिस्तानी सेनाका अनुसार उक्त विमान प्रशिक्षण उडानमा थियो । 

स्थानीय मोहम्मद सादिकले बिस्फोटको ठूलो आवाजले आफू ब्यूँझिएको बताए । उनले भने, ‘मानिसहरु चिच्याइरहेका थिए । उनीहरुलाई सहयोग गर्न खोजिएपनि आगो निकै माथिसम्म पुगेको थियो ।’ 

अर्का स्थानीयले विमान दुर्घटना हुनुअघि आगलागी भएको थियो । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *