“मलाई आजसम्म कुनै केटीले पनि विवाहको लागि प्रस्ताव गरेका छैनन्”: सलमान
साउन १० । बलिउड अभिनेता सलमान खानको विवाह हरेकको चासोको विषय हो । तर, उनले ५३ वर्ष पुग्दा सम्म विवाह गरेका छैनन् ।
सलमान रिलेशनशिपमा नभएका भने होइनन् । उनले थुप्रै युवतीसँग डेट गरिसकेका छन् । उनले सोमी अली, संगीता बिजलानी, ऐश्वर्य राय, कट्रिना कैफ लगायतका अभिनेत्रीहरुलाई डेट गरेका थिए । तर उनले कसैसँग पनि विवाह गरेनन् ।
null
हालै सलमानले एक अन्तर्वातामा आफुलाई कुनै युवतीले विवाहको प्रस्ताव नराखेको बताए । उनी भने, ‘मलाई आजसम्म कुनै केटीले पनि विवाहको लागि प्रस्ताव गरेका छैनन् । मैले अहिलेसम्म क्यान्डललाइट डिनर गरेको छैन । क्यान्डललाइटमा म के खाइरहेको छु भनेर देखिदैन । त्यसैले मलाई मन पर्दैन । तर मलाई निकै दुख लाग्छ कि मलाई अहिलेसम्म केटीहरुले विवाहको प्रस्ताव नै गरेका छैनन् ।’ सलमान हाल लुलियासँग डेट गरिरहेका छन् ।
सलमान स्टारर फिल्म ‘भारत’ ले व्यापारिक सलफता हासिल गरेको थियो । सलमान खानको ‘दवंग’को छायांकन सकिसकेको छ । यो फिल्म डिसेम्बर २० देखि प्रदर्शन हुँदैछ । एजेन्सी