‘कांग्रेसको अकर्मण्यताका कारण आजको बैठक स्थगित भयो’: सिलवाल
असार ३०, काठमाडाैँ । ललितपुरबाट निर्वाचित नेकपाका सांसद नवराज सिलवालले संसद स्थगित गरिएकोमा गम्भिर आपत्ति जनाए ।
जिल्लाका नेकपाका सांसदहरुले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘मुलुक अहिले बाढि, पहिरो र डुवानबाट प्रताडित छ । सयौं घरहरु भत्किएका छन् ।
null
बाटाघाटाहरु अवरुद्ध छन् । यस्तो बेलामा संसद सुचारु गरेर गृह मन्त्रालयले आफ्नो कामहरु प्रस्तुत गर्नुपर्दथ्यो । हामीले पनि आफ्ना कुरा राख्न पाउनु पर्दथ्यो । तर, संसद बैठक स्थगित गरियो । यसमा हाम्रो घोर आपत्ति छ ।’
उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अकर्मण्यताका कारण आजको संसद बैठक स्थगित भएको आरोप लगाए । उनले भने,‘यसले के देखाउँछ भने कांग्रेस मुलुक र जनताप्रति जिम्मेवार छैन । मुलुक यतिवेला बाढि, पहिरोबाट आक्रान्त बनेको छ । यस्तो बेलामा संसद बैठक बस्नु पर्दथ्यो । तर, कांग्रेस जिम्मेवार भएर प्रस्तुत भएन् ।’
उनले कांग्रेसले सानोतिना मुद्दामा अल्झिन नहुने सुझाव दिए । उनले भने,‘संसदलाई बन्धक बनाउनुहुँदैन् । कांग्रेसको व्यवहारले लोकतन्त्र बलियो हुँदैन् ।’ उनले कांग्रेसलाई गैरजिम्मेवारीपूर्ण कामबाट पछि हट्नको लागि पनि आग्रह गरे ।
त्यस्तै, उनले सरकारले पनि उद्धार तथा राहतको कामलाई तदारुकताका साथ अघि बढाउन आग्रह गरे । उनले संसद तुरुन्त सुचारु गर्नपनि आग्रह गरे । बाढि, पहिरो र डुवानबाट प्रभावित बनेका २८ जिल्लामा नै सरकराले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरेर पीडित जनालाई राहत दिन सिलवालले सुझाव दिए ।
उनले सुरक्षा निकायले राहत तथा उद्धारमा देखाएको सक्रियता र भूमिका प्रशंसनीय रहेको सुनाए । उनले भने,‘म गृहमन्त्रालयको भूमिकालाई प्रशंसा गर्न चाहन्छु । सुरक्षा निकायको भूमिका पनि उच्च प्रशंसनीय छ ।
गृहमन्त्रालयले आफ्नो कामलाई अझै प्रभावकारी बनाउनुपर्छ । आफ्नो साधन र स्रोतलाई भरपुर उपयोग गर्नुपर्छ ।’ अझैपनि कतिपय ठाउँमा राहत पुग्न नसकेको भन्दै सरकारले त्यसतर्फ ठोस कदम चालोस भन्ने उनको सुझाव थियो ।