सिटिजन्स बैंकद्वारा थहिटिमा सुविधा सम्पन्न भवनबाट बैंकिंग सेवा संचालन
असार १६, काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले असार १५ देखी काठमाडौँको थहिटिमा सुविधा सम्पन्न भवनबाट बैंकिंग कारोबार संचालनमा ल्याएकाे छ ।
बैंकले थहिटि शाखा कार्यालय हाल रहेको भवन (काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १७) को सामून्ने उत्तरतर्फको दुरिमा सोहि वडामा रहेको शिवजी भवनमा स्थानान्तरण गरि बैंकिंग कारोबार संचालनमा ल्याएकाे हाे ।
null
सुविधा सम्पन्न भवनबाट थपछिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिंग सेवाप्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउँने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना,लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो र छरितो रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।