बुद्ध मूर्ति तोडफोडबारे साझाको धारणा सार्वजनिक

 

साउन ३, काठमाडौं । रुपन्देहीको बुटवल–बेलहिया सडकखण्डको बीच भागमा राखिएको बुद्धको मुर्ति तोडफोडबारे साझा पार्टीले गम्भीर ध्यानाकर्षण जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेको छ । 

बुटवल–बेलहिया सडकखण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका ५ वटा बुद्धका मुर्ति बिहीबार अज्ञात समूहले तोडफोड गरेका थिए । सोहीबारे साझा पार्टीले नेपालका गौरव, शान्ति र सह–अस्तित्वका प्रेरक गौतम बुद्धको मुर्ति तोडफोड गर्ने कार्य गम्भीर सामाजिक अपराध भएको भन्दै कारवाही गर्न माग गरेको हो । 

null

‘यो निन्दनीय कार्य हाम्रो संस्कृति र धार्मिक सद्भावप्रतिको प्रहार पनि हो। यो घटनाको सुक्ष्म अनुसन्धान गरि तोडफोड गरिएको ठाउँमा तुरुन्त मुर्ति पुनर्स्थापन गर्न, भविष्यमा यस्ता कार्य हुन नदिन आवश्यक सतर्कता र सुरक्षा प्रवन्ध मिलाउन साथै दोषीलाई यथाशिघ्र कानुनी कारवाही गर्न साझा पार्टी सरकार समक्ष आग्रह गर्दछ’, साझाको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *