बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी चेमजोङ्ग पक्राउ
साउन १३, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार रहेका प्रतिवादी पृथ्वी राज चेमजोङ्ग पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फरार रहेका प्रतिवादी चेमजोङ्गलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हाे ।
null
पाँचथरको यासोक गाविस वडा नम्बर ८ घर भई भक्तपुरको बालकोट बस्ने चेमजोङ्गले आर्थिक कारोबार मिलाउनस छ भनी मन्जु श्रेष्ठ सँग १० लाख ९४ हजार ५०० ऋण सापटी लिएका थिए । पछि उनले उक्त सापटी लिएको रकम र्फिता गर्ने बेला प्रभु बैंकको रकम नभएको बाउन्स चेक दिएकाे प्रहरीले जनाएकाे छ ।
उनै श्रेष्ठले दिएको उजुरीमा आधारमा चेमजोङ्गलाई बैकिङ्ग कसूर मुद्दामा उच्च अदालत पाटनले २०७५ पुस १७ गते दश लाख चौरानब्बे हजार पाँच सय जरिवाना र १५ दिन कैद हुने फैसला सुनाएपछी उनी फरार रहेका थिए ।
हाल उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानका लागि केन्द्रिय कारागार कार्यालय सुन्धारा पठाइएको छ ।
मन्जु श्रेष्ठको जाहेरीको आधारमा चेमजोङ्गलाई बैकिङ्ग कसूर मुद्दामा उच्च अदालत पाटनले २०७५ पुस १७ गते दश लाख चौरानब्बे हजार पाँच सय जरिवाना र १५ दिन कैद हुने फैसला गरेको थियो ।
चेमजोङ्गले आर्थिक ब्यबहार मिलाउने भनी श्रेष्ठसँग १० लाख ९४ हजार ५०० ऋण सापटी लिएको लिएकोमा प्रभु बैंकको रकम नभएको चेक दिएर बाउन्स गराएका थिए ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानका लागि केन्द्रिय कारागार कार्यालय सुन्धारा पठाइएको छ ।